Aamsanchar

अमेरिकाले नेपाललाई फिर्ता गर्याे तस्करले पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति

Author Image
मङ्गलवार, मंसिर १९, २०८०

काठमाण्डौ – नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई वटा भैरव तथा शिव पार्वती (उमा महेश्व)र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर