Aamsanchar

जेठाजुको कुटाइबाट बुहारी गम्भीर घाइते

Author Image
मङ्गलवार, मंसिर १९, २०८०

दार्चुला-दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएका छन् । नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया वसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको हो ।

मङ्सिर १५ गते राति वसन्तीलाई जेठाजु जयरामले टाउकोमा हानेपछि उपचारका लागि मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवम् डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । दार्चुला अस्पतालमा वसन्तीको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको हो ।

घाइते वसन्तीको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालले निःशुल्क एम्बुलेन्ससहित आठ हजार रुपियाँ नगद दिएर धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो ।

कुटपिटमा संलग्न जयरामलाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ । जयराम पूर्वनेपाली सेनामा कार्यरत रहेको बताइएको छ । फरार रहेका जयरामको खोजी भइरहेको डिएसपी सिंहले बताउनुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला महिलामाथि कुटपिट हुनु खेदजनक विषय भएको महिला अधिकारकर्मी गौरी वडालले बताउनुभयो । घटनामा संलग्न जयरामलाई तत्काल पक्राउ गरी कारवाही गरिनुपर्ने महिला अधिकारकर्मीको माग छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर