Aamsanchar

स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर एक जनाको मृ*त्यु

Author Image
मङ्गलवार, मंसिर १९, २०८०

वीरगन्ज – पर्सामा स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वाका चोकट साह तेली रहेका छन्।

मंगलबार दिउँसो १ बजेतिर बाख्राका लागि स्याउला टिप्न घर नजिकैको रुखमा चढेका बेला ११ हजार भोल्टको तारमा छोइदा करेन्ट लागेर तेलीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवले बताए।

तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर