Aamsanchar

३३ बोरा चिनी बरामद

Author Image
बुधवार, मंसिर २०, २०८०

काभ्रेपलान्चोक-इलाका प्रहरी कार्यालय मङ्गलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ ।।इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३.००१ ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।

बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको छत र डिकीमा अवैध रूपमा लुकाई छिपाई ल्याएको ३३ बोरा करिब एक हजार ६५० किलोग्राम चिनी बरामद गरिएको हो । अवैध रूपमा चिनी ल्याउने बस र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै बिपी राजमार्ग हुँदै तराईका जिल्लाबाट साना तथा ठुला गाडीहरूले अवैध रूपमा चिनी राजधानी भित्र्याउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर