Aamsanchar

हृदयघातका कारण बारबर्दिया नगरसभा सदस्यको ज्यान गयाे

Author Image
बुधवार, मंसिर २०, २०८०

गुलरिया – बारबर्दिया नगरपालिकाकी नगरसभा सदस्यको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ८ की वडा सदस्य समेत रहेकी खम्मा विकको मंगलबार राति निधन भएको हो ।

सदस्यको निधन भएका कारण बुधबार बारबर्दिया नगरपालिकाले मातहतका सबै शाखा र वडा कार्यालय बन्द गरिएका छन् । विकको हृदयघातका कारण निधन भएको बुझिएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

विकको आजै अन्त्येष्टि हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर