Aamsanchar

आज देखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सी खान नपाँइने

Author Image
बिहिवार, मंसिर २१, २०८०

काठमाण्डौ – पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर