Aamsanchar

व्यापारीद्वारा आलु र प्याजको कारोबार बन्द

Author Image
बिहिवार, मंसिर २१, २०८०

काठमाण्डौ – आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर)को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिनअघिदेखि नै आलु र प्याजको कारोबार कम हुँदै गएको थियो । हिजोदेखि भने ठप्प भएको हो ।

व्यापारीको विरोधका कारण काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आलु र प्याजको स्टल खाली हुन थालेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु र सुकेको प्याजको मूल्य सूचीसमेत राखेको छैन । व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारेपछि किसान र उपभोक्ता मर्कामा परेका छन् ।

बजारमा आलु र प्याजको भाउ बढ्दो छ । तर, किसानले उचित मूल्य पाउन सकेका छैनन । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर