Aamsanchar

उपरथी सिग्देल रथीमा बढुवा

Author Image
बिहिवार, मंसिर २१, २०८०

काठमाडौं – सरकारले रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो।

यस अगाडि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उमेरको विवादमा परेका थिए। उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। उनको कात्तिक २४ गतेबाट लागु हुने गरी अघिल्लो मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको हो।

पाण्डेले राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बढुवाका लागि सिग्देललाई सिफारिस गरेका हुन्। सैनिक मुख्यालयमा शुक्रबार रथी सिताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवाका लागि सिफारिस गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)