Aamsanchar

जथाभाबी शतबीज नछर्न आग्रह

Author Image
शुक्रवार, मंसिर २२, २०८०


काठमाडौं – पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ।

आज सार्वजनिक सूचना जारी गर्दै कोषले शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो। कोषले वृक्षरोपण गरेको स्थान र ढुगा छापेको ठाउँमा शतबीज नछर्न आग्रह गरेको छ।

सूचना अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन। तर शतबीज भने छर्न पाइने छ। पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि निःशुल्क पालको व्यवस्था गरिएको पनि कोषले जनाएको छ। आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेहरूका लागि कोषमा दुई हजार एक सय रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर हिजोदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।

बालाचतुर्दशी पर्व आगामी सोमबार परेको छ । पितृको स्मृतिमा अघिल्लो दिन रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने प्रचलन रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)