Aamsanchar

दुई वर्षकी छोरीसहित १९ वर्षीया युवति एक सातादेखि बेपत्ता

Author Image
शुक्रवार, मंसिर २२, २०८०

तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षको छोरीसहित एक सातादेखि हराएकी छन्। मङ्सिर १५ गते देखि आले सम्पर्कमा नआएको परिवारले जनाएका छन्।

बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काममा जान्छु भनी हिँडेको र त्यसपछि सम्पर्कमा नआएको आलेको श्रीमान् इन्द्रबहादुर आलेले बताए। सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढेको र आफन्तजनहरूसँग सम्पर्क गर्दा पनि फेला पार्न नसिकिएको आलेले बताए।

डुम्रे स्थित प्रहरी चौकी र दमौली स्थित जिल्ला प्रहरी कार्यालय तनहुँमा दमौलीमा पनि निवेदन दिई सकिएको तर फेला नपरेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर