![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231208_145133204.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमास लडाकू समूहले गरेको आक्रमणपछि बेपत्ता भएका कैलालीका विपिन जोशीको परिवारलाई भेट्नुभएको छ । आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले धनगढी विमानस्थलमा जोशीको परिवारलाई भेट्नुभएको हो ।
भेटमा जोशीका अभिभावकले उद्धारका लागि भैरहेको पहलबारे चासो राखेका छन् । साथै छिटो उद्धार गरिदिन पनि आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि कूटनीतिक पहल भैरहेको बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन बिहान कैलाली पुग्नुभएको हो । सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनरत् विपिनसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गएको भदौ २७ गते इजरायल गएका थिए ।
गएको असोज २० गते हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन हुनुहुन्छ । इजरायली सेना र तेलअभिभमा रहेको नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि विस्तृत अवस्था थाहा हुन सकेको छैन ।