Aamsanchar

लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी इन्द्र-चन्द्र (देवी) क्याम्पसका विद्यार्थीहरूलाई सचेतना तालिम

Author Image
शुक्रवार, मंसिर २२, २०८०

चारआली ।  झापाको बिर्तामोडमा  लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी विद्यार्थीहरूलाई सचेतना कार्यक्रम आज सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका ,महिला मुक्ति अभियान झापा, ए बी सी नेपाल झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, र इन्द्र चन्द्र क्याम्पसको संयुक्त आयोजनामा विद्यार्थी लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै बेला बिर्तामोड ६ स्थित इन्द्र चन्द्र क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लैंगिक हिंसाको स्वरूप, वर्तमान अवस्था, कारण र कानुनी उपचार सम्बन्धी प्रशिक्षण गराइएको थियो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीले विद्यार्थीहरूबाट आएका लैङ्गिक हिंसा सम्बन्धी विभिन्न  जिज्ञासाहरू को जवाफ सहित सचेतना कार्यक्रममा सहजीकरण गर्नु भएको थियो।

बिर्तामोड नगरपालिका वार्ड नं ६ का कार्यवाहक अध्यक्ष साथै कार्यक्रमका प्रमुख अतिथि ख्यामनाथ अधिकारी, सामाजिक अभियन्ता देविका बस्नेत इन्द्रचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रकाश दाहाल, स्ववियु अध्यक्ष पवन दाहाल लगायतले लैङ्गिक  हिंसा सम्बन्धी सचेतना विद्यालय र क्याम्पसका विद्यार्थीहरूलाई अत्यन्तै आवश्यक रहेको, यस्ता विषयहरू पाठ्यक्रममा नै समावेश गरिनुपर्ने  जसले गर्दा लैङ्गिक हिंसा न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षता ,रहेको कार्यक्रममा स्वागत बिनिता तामाङ्ग, औचित्यमाथि प्रकाश उमा शिवाकोटी र सञ्चालन ए बी सी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौलाले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर