Aamsanchar

रणनीतिक महत्वको लेटाङ ६ नं बुधबारे सडकको शिलान्यास

Author Image
शुक्रवार, मंसिर २२, २०८०

लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९।६० लम्बाइको लेटाङ ६ नं बुधबारे सडकको शिलान्यास गर्नुभएको छ । शुक्रवार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गर्नुभएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पुऱ्याउनका साथै उत्पादनमा लाग्ने साधन श्रोतलाई किसानसम्म पुऱ्याउनका लागि महत्त्वपूर्ण हुन्छ ।’

ब अन्य आयोजनाको छनौट गरेर आवस्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टी सहित योजना छनौट हुने बताउनुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निर्माणको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् ।

सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका सचिव रमेश कुमार सिंहको सभापतित्वमा भएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै सरोकार बाला निकायको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर