Aamsanchar

धम्की दिएर फोटो खिच्नेबाट अवैध पैसा उठाउने वडा सदस्यसहित ४ जना प*क्राउ

Author Image
शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं – पोखरास्थित फेवाताल छेउमा फोटोग्राफी गर्नेहरूबाट अवैधरूपमा रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकजना वडासदस्य पनि छन् । अवैधरूपमा रकम लिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–६ का वडासदस्य ४२ वर्षीय दिपेन्द्र पहारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्यमा पोखरा महानगरपालिका–६ लेकसाइड ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अभिषेक बराल रहेका छन् ।

लेकसाइडको फुट ट्र्याकमा फोटो खिचेबापत धम्की दिएर आफूहरूबाट प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँका दरले पैसा उठाएको दाबीसहित १५ जनाले जाहेरी दिएका थिए ।

पक्राउ परेकाहरूमाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर