Aamsanchar

ताप्लेजुङको फुङ्लिङमा आगलागी

Author Image
शनिवार, मंसिर २३, २०८०

फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शनिबार बिहान आगलागी हुँदा एक घर नष्ट भएको छ।

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी भएको हो। आगलागीका कारण पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए।

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर