Aamsanchar

दाङमा सुरु भयाे लिफ्ट खानेपानी आयोजनाको काम

Author Image
शनिवार, मंसिर २३, २०८०

दाङ – दाङको बंगचालुलीमा लिफ्ट खानेपानी आयोजनाको काम शुरु भएको छ । पिउने पानीको समस्या झेल्दै आइरहेको दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ६ बचनी गाउँका स्थानीयलाई लक्षित गरी खानेपानी आयोजनाको काम शुरु भएको हो ।

खानेपानी आयोजना अन्र्तगत पहिलो चरणमा वडा नम्बर ३ स्थित गोवन पानी लिफ्ट खानेपानी आयोजनाका लागि ट्याङ्की निर्माणको काम शुरु भएको छ । बंगलाचुली गाउँपालिका र समाजविकास सञ्जाल बंगलाचुलीको १८ लाख संयुक्त लगानीमा यो आयोजना काम शुरु भएको हो ।

अनुगमनका क्रममा स्थानीय अगुवा ऋषी विश्वकर्माले ट्याङ्की निर्माण स्थलको भौगोलिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले खानेपानी आयोजनाको लागि ट्याङ्की निर्माणका लागि बनाउँदै गरेको जग्गाको अनुगमन गरेका गर्नुभएको हो ।

गाउँपालिकाको एक घर एक धारा अभियान अनुसार खानेपानी योजनाका कामहरु अघि बढेको अध्यक्ष पुनमगरले जानकारी दिनुभएको छ । आगामी वैशाख महिनासम्ममा बचनीका स्थानीयलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको समाज विकास सञ्जाल बंगलाचुलीका व्यवस्थापक वासुदेव भण्डारीले जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)