Aamsanchar

गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृ*त्यु

Author Image
शनिवार, मंसिर २३, २०८०

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गत बिहीबार सोलुदुधकुण्ड नगरपालिका २ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमै जलेर मृत्यु भएको हो।

बिहीबार सााँझ अन्दाजी ५ बजेको समयमा गोठमा आगो बालेर बालककी आमा मपुङ घरतर्फ गएकी र मामा दाछिरी चौरी लिन जंगल गएको अवस्थामा आगलागी भएको प्रहरी निरीक्षक शाहले बताए।

 

आगोले जलेर बालकको शव चिन्न नसक्ने अवस्थामा फेला परेको बालकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर