Aamsanchar

सुन्दरबजारमा क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज खाएका एक जनाको ज्यान गयो, २९ बिरामी

Author Image
आइतवार, मंसिर २४, २०८०

लमजुङ – लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गएको छ । २९ जना बिरामी परेका छन् ।

बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भइ सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ मा रहेको क्षेत्रबहादुर गुरुङको घरमा शुक्रवार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खानुभएको थियो । त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीया छोरी विद्यासहित २९ जना अहिले अस्पतालमा उपचारत छन् । भोज खाएका त्यही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिवारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा उनीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर