Aamsanchar

दुम्सी मार्न जाँदै गर्दा चिप्लिदा भरुवा बन्दुक पड्केर मृ*त्युु

Author Image
आइतवार, मंसिर २४, २०८०

पाल्पा – निस्दी गाउँपालिका-४ मित्यालस्थित गाङसिङडाँडाका ४८ वर्षीय डम्बरबहादुर सारूको भरुवा बन्दुक पड्किदा मृत्यु भएको छ।

घरनजिकै बारीमा रहेको फापर खान आउने दुम्सीलाई मार्न जाँदै गर्दा चिप्लिएर लड्दा आफूले भिरेको बन्दुक पड्किएर छर्राले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

गएराति ८ बजे उनी घाइते भएका थिए। आइतबार बिहान करिब ३ बजे रामपुर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर