Aamsanchar

शत्रु लागेपछि : सबै खेतको बटुलेर थ्रेसर लगाउन ठिक्क पारेकाे धानमा रातिनै आगजनी

Author Image
आइतवार, मंसिर २४, २०८०


रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा राखिएको धानमा अज्ञात समूहले आगो लगाएर छ।

फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका किसान लक्ष्मी नारायण यादवको पौने दुई बिगाह खेतमा लगाएको धान शनिबार राति करिब ९ बजेतिर समूहले आगो लगाएका हुन्।

आगलागीबाट सबै धान जलेर नष्ट भएको पीडित किसान लक्ष्मी नारायण यादवले बताए।

सबै खेतको धान एकैठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारी गरेकोमा शनिबार राति नै आगो लागइदिएको यादवको भनाइ छ।

आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको पीडित किसान यादवले बताए।

उनले घटना बारेमा प्रहरीलाई जानकारी गराइसकेको जनाउँदै दोषीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन माग गरे।

यता, प्रहरीले भने घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रमुख प्रहरी निरीक्षक विजय कार्कीले घटनाको जानकारी पाएलगतै प्रहरी घटनास्थलमा पुगेको र आगो लगाउने व्यक्ति तथा आगजनीको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर