Aamsanchar

गएराति विमानस्थलमा बरामद साढे ६ किलो सुन कसले पठाएको थियाे ?

Author Image
आइतवार, मंसिर २४, २०८०

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ महम्मद महम्मद लासिन पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।

भन्सार एरिया पार गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । लासिनले आफूलाई दुबईबाट भारतीय नागरिकले सो सुन पठाएको बयान दिएका छन् । प्रारम्भिक सोधपुछको क्रममा उनले सो कुरा बताएका हुन् । तर, काठमाडौँमा रिसिभ गर्ने व्यक्तिबारे चाहिँ लासिमले खुलाएका छैनन् । उनिबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

फ्लाई दुबईको उडान एफजेड–५७३ नम्बरको उडान मार्फत उनी काठमाडौँ ओर्लिएका हुन् । त्यही विमानबाट आएका गोरखाका चन्द्रबहादुर घले बिहीबार राति १४ किलो सुनसहित पक्राउ परेका थिए ।

सरिफ मोहम्मद लासिनसँगै आएका अरू दुई जना सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुडानीलाई शङ्काको आधारमा पक्राउ गरिएको डिआइजी चन्दले बताए । सुडानी नागरिकले सुनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर