Aamsanchar

झापाका चार पालिकामा बाला चतुर्दशी पर्वका अवसरमा स्थानीय बिदा

Author Image
आइतवार, मंसिर २४, २०८०

झापा – झापाका चार पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि बिदा दिएका हुन्।

ती पालिकाहरूले आइतबार सूचना जारी गर्दै भोलि नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाएको छ।

बाला चतुर्दशीको अवसरमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सत्बीज छर्ने भक्तालुहरूको घुइँचो लाग्ने गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर