Aamsanchar

विराटनगरका निर्दोषमाथि भारतमा गाेली प्रहार

Author Image
सोमवार, मंसिर २५, २०८०

विराटनगर – विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ।

विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनको बायाँ तिघ्रामा गोली लागेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर