Aamsanchar

भारतीय नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको खसी बोका बरामद

Author Image
सोमवार, मंसिर २५, २०८०

नवलपरासी – नवलपरासी प्रहरीले ७ लाख बढी मूल्य बराबरका खसी बोका र मोबाइलका कभर बरामद गरेको छ ।

सीमावर्ती भारतीय नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा दुई छुट्टा छुट्टै स्थानबाट खसी बोका र मोबाइल कभरहरु बरामद भएका हुन् ।

सीमावर्ती क्षेत्रबाट ल्याएर सरावल गाउँपालिका– ७ स्थित एक झाडीमा लुकाएर राखेको अवस्थामा आइतबार साँझ २६ वटा खसी बोका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ गरेका खसी बोकाको मूल्य ५ लाख ७२ हजार कायम गरिएको छ । खसी बोकालगायतका चौपायाहरु स्वास्थ्य परीक्षण बिना नवलपरासी भित्रिने गरेका छन् ।

त्यसैगरी प्रहरीले १ लाख ५० हजार मूल्य पर्ने मोबाइलका कभर बरामद गरेको छ । भारतको ठूठीबारीबाट महेशपुर नाकाहुँदै भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवाबाट ६ सय थान मोबाइलका कभर बरामद गरेको हो । यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)