Aamsanchar

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा, राष्ट्रियसभामा भागबण्डा टुंग्याउने

Author Image
सोमवार, मंसिर २५, २०८०

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ। ​

एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डाका बारेमा पनि छलफल हुने जनाइएको छ।

एनसेलको शेयर खरिदबिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)