Aamsanchar

झापाकाे अर्जुनधारा जलेश्वरधाम सहित देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयाे

Author Image
सोमवार, मंसिर २५, २०८०

झापा – दिवङ्गत पितृको सम्झनामा झापाकाे अर्जुनधारा,काठमाडौंकाे  पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ ।

आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको अर्जुनधारामा बाक्लो उपस्थिति थियो । मन्दिर आउन नसक्ने भक्तजनले भने आ–आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेका छन् । शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन चलेको छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले भने वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर