Aamsanchar

एम्बुलेन्समा भेटियो तीन किलोग्राम चरेस

Author Image
सोमवार, मंसिर २५, २०८०

धनगढी – धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन्।

बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका-३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उ

नलाई धनगढी-३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर