Aamsanchar

नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी

Author Image
सोमवार, मंसिर २५, २०८०

काठमाडौँ – नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ।

पातलो हुँदै गएको जंगलमा जडिबुटीजन्य वनस्पतिको विस्तार एवं विकास र पहिरोको रोकथामका लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो।

ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ। जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

यो विधि प्रभावकारी देखिएपछि यसम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप ९२८० मा नेपालको तर्फबाट प्रस्तुत गरिएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रस्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत ३ वर्षमा जंगल क्षेत्र बढाउन तथा सुक्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए। नदी, खोला किनारमा बहुतह खेती गर्न समेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए।

पौडेलले भने, ‘दुर्गम क्षेत्रमा हामीले जंगल बढाउनु पर्छ। त्यस्ता ठाउँ र पहिरो गएको ठाउँमा कसरी ड्रोनको माध्यमबाट वनस्पतिको बीउ छरी त्यसलाई उमार्न सक्छौँरु भन्ने विषयमा छलफल गर्‍यौँ। दोस्रो हामीले सुक्खालाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल गरेका छौँ।’

जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्यले नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो। वन तथा वातावरण मन्त्रालय, युएनडिपी र ग्लोबल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ।

नेपालमा वन फँडानीको कारण पहिरो जाने र त्यसले तराईमा समेत बाढी र कटानको समस्या देखिने गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर