Aamsanchar

२० जनाको ज्यान लिइसकेको ध्रुवे हात्ती समातियाे

Author Image
सोमवार, मंसिर २५, २०८०

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा उपद्रो मच्चाउँदै आएको जंगली हात्ती ध्रुवे आज समातिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाको संयुक्त पहलमा निकुञ्जको सुकेभार पोष्टबाट ३०० मिटर पूर्वमा डार्ट गरी ध्रुवेलाई नियन्त्रणमा लिइएको हो।

आजै हात्तीको दाह्रा काटेर घाँटीमा रोडियो कलर जडान गरी छाडिएको निकुञ्जले जनाएको छ। ध्रुवेको घाँटीमा रेडियो कलर राखिएको यो तेस्रो पटक हो।

ध्रुवेले विगतदेखिनै चितवन निकुञ्ज आसपास क्षेत्रमा मान्छे मार्नुका साथै धनजनको क्षति गर्दै आएको थियो। उसले २० जनाको ज्यान समेत लिइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर