Aamsanchar

झम्सिखेलमा प्रहरीले चलायाे गाेली, एक लागूऔषध कारोबारी पक्राउ

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं –प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए ।

उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईलाई उपचारका लागि अस्पताल लगिएको छ ।उनको दाहिने खुट्टामा गोली लागेको छ भने राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि १५ कात्तिकमा पनि गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)