Aamsanchar

झापामा आउने क्रममा कोसी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमाथि ‘पहिचानवादी’काे आक्रमण

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

झापा – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् ।

मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की सकुशल छन् ।

घटनामा संलग्नको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले जानकारी दिए । ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको उनले बताए ।

एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही ‘स्लो’ भएको गाडीमा अर्को ‘ग्रुप’ले अलि पर पुगेपछि ढुंगा हानेको बताइएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का झापा अध्यक्ष दिपेनवाला राईले आफूहरूले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम पहिल्यै सार्वजनिक गरेको बताए । उनले भने, “पहिचानविरोधी कोसी प्रदेश नामकरण पारित गराउन हस्ताक्षर गर्ने सांसद तथा दलविरुद्ध हाम्रा पूर्वघोषित कार्यक्रमअनुरूप नै कालो झन्डा देखाएका हौँ ।” कार्यक्रममा नआउन भनेर आफूहरूले पहिल्यै सचेत गराएको उनको भनाइ छ ।

प्रदेश नम्बर–१ पुनः नामकरण समितिले कोसी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेको थियो । उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन आए प्रतिरोध गरिरहने अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर