Aamsanchar

काठसहित ट्र्याक्टर नियन्त्रणमा, एक पक्राउ

Author Image
बुधवार, मंसिर २७, २०८०

रौतहट – वन गस्ती टोलीले काठसहित ट्र्याक्टरलाई नियन्त्रमा लिएको छ। डिभिजन वन कार्यालय रौतहट तथा पौराई सव-डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत सुरेशप्रसाद महतो नेतृवको टोलीले ट्र्याक्टरसहित काठ बरामद गरेको हो।

बुधबार बिहान करिब साढे ९ बजे गस्ती टोलीले चन्द्रपुर नगरपालिका-६ बेतौनाबाट ना५त ५६३४ नम्बरको ट्र्क्याक्टरसहित काठ बरामद गरेको हो। साल चिरान गरेको २४ थान करिब २१ क्युफिटको काठ बरामद गरेको वन अधिकृत महतोले जानकारी दिए।

ट्र्याक्टरसहित चन्द्रपुर नगरपालिका वाड-५ का श्याम पौडेल पक्राउ परेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर