Aamsanchar

नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप,एक जनाको मृ* त्यु , प्रहरीद्वारा हवाई फायर

Author Image
बुधवार, मंसिर २७, २०८०

बारा-बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २५ वर्षका लक्ष्मी मुखियाको निधन भएको पुष्टि गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)