Aamsanchar

कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट संचालकको मृ*त्यु

Author Image
बिहिवार, मंसिर २८, २०८०

बाँके – कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट संचालकको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारू रहेका छन्।

आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)