Aamsanchar

टायर पन्चर भएर विवाहकै गाडीले जन्तीलाई किच्दा एक जनाको ज्यान गयाे, पाँचजना घाइते

Author Image
बिहिवार, मंसिर २८, २०८०

बुटवल – प्यूठानको मल्लरानी गाउँपालिका -३ मा विवाहकै गाडीले जन्तीलाई किच्दा मल्लरानी-३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिकाको बरौलाबाट सदरमुकाम खलंगातर्फ जाँदै गर्दा लु ३ च ६८४७ नम्बरको स्कारिपयोको टायर पन्चर भएर जन्तीलाई नै किचेको थियो ।

घरनजिकै नाँचगान गर्दै दुलही लिन जान तयारीमा रहेको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर