Aamsanchar

तीनजना सवार मोटरसाइकल दुर्घटना, दुईजनाको घटनास्थलमै मृ*त्यु

Author Image
शुक्रवार, मंसिर २९, २०८०

जकपुरधाम – धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनको यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको छ ।

आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको डिएसपी अवाले बताए ।

दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर