Aamsanchar

पाँच वर्षीया बालिकाको बला*त्कारपछि घाँटी थिची हत्या गर्ने दुईजना पक्राउ

Author Image
शुक्रवार, मंसिर २९, २०८०

जनकपुरधाम – धनुषामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको सबैला नगरपालिका-९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको हो ।

५ वर्षीया बालिकाको जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राती करिब ८ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बुधबार राती करिब ९ बजे गाउँकै छिमेकीसँग मटकोर गएकी बालिका अबेर रातीसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राती सबैला नगरपालिका-९ स्थित खाल्डोमा बालिकाको शव फेला पारेको हो । घटनामा संलग्न रहेको आरोपमा दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकाको जबरजस्ती करणीपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो।

घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि २५ र ३६ वर्षका उनीहरू दुबैजना स्थानीय युवक रहेको बताइएको छ । उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर