Aamsanchar

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १७ र १८ बर्षका दुई युवकको मृ*त्युु

Author Image
शनिवार, मंसिर ३०, २०८०

काठमाडौं – दाङको घोराही– १० नारायणपुरमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झिम्रुक ४ बाङ्गेका १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षका सागर केसीको मृत्यु भएको हो।

रा.१ क. १३०७ नम्बरको टिपरले रा.२ प. ५५८९ मोटरसाइकललाई ठक्कर दिएको हो।

गम्भीर घाइते दुवैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)