Aamsanchar

कम्प्युटर र ल्यापटपबाट यसरी गर्न सकिन्छ क्युआर कोड स्क्यान

Author Image
शनिवार, मंसिर ३०, २०८०

काठमाडौं – स्मार्टफोनबाट क्यू आर कोड स्क्यान गर्न त सजिलो हुन्छ । तर जब कम्प्युटर वा ल्यापटपबाट क्यूआर कोड स्क्यान गर्नुपर्यो भने के गर्ने रुयदि तपाईसँग स्मार्टफोन छ वा डिजिटल पेमेन्ट गर्नुहुन्छ भने तपाईलाई क्यूआर कोडको बारेमा अवश्य पनि थाहा छ ।

क्विक रेस्पोन्स कोड अर्थात् क्यूआर कोडको प्रयोग अहिले भुक्तानीमा मात्र होइन भिजिजिङ कार्ड देखि पत्रिकाको समाचार पढ्ने लगायतका काममा समेत गर्न थालिएको छ ।

अहिले सबैजसो फोनमा क्यूआर कोड स्क्यानरमा उपलब्ध हुन्छ र पेमेन्ट वाला क्यूआर कोड त कुनै भुक्तानी एपबाट सजिलैसँग स्क्यान हुन्छन् । तर कहिलेकाहीँ अन्य खालका क्यूआर कोड स्क्यान गर्नमा समस्या उत्पन्न हुनसक्छ ।

फोनबाट क्यूआर कोड स्क्यान गर्न त सजिलो हुन्छ तर जब कम्प्युटर वा ल्यापटपबाट कोड स्क्यान गर्नुपर्यो भने समस्या उत्पन्न हुन्छ । कम्प्युटरबाट कसरी स्क्यान गर्ने त क्यूआर कोड रु

वास्तवमा ल्यापटप वा कम्प्युटरबाट क्यूआर कोड स्क्यान गर्ने काम फोनबाट स्क्यान गर्नुभन्दा पनि सजिलो छ । कम्प्युटरमा तपाईले केवल एक क्लिकमै कुनैपनि क्यूआर कोडलाई स्क्यान गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईले गुगल क्रोम ब्राउजरको सहयोग लिनुपर्छ । यस्तो छ कम्प्युटरबाट क्यूआर कोड स्क्यान गर्ने विधिः

सबैभन्दा पहिले आफूले स्क्यान गर्नुपर्ने क्यूआर कोड छान्नुहोस्
उक्त क्यूआर कोडमा राइट क्लिक गर्नुहोस्
त्यसपछि ड्रपडाउन मेन्यूमा Search Image With Google को अप्सन देखिनेछ ।
त्यो अप्सनमा क्लिक गर्नुहोस्
त्यसपछि स्क्रिनमा गुगल लेन्स खुल्दछ र क्यूआर कोड पनि स्क्यान हुन्छ र क्यूआर कोडमा रहेका टेक्स्ट तलपट्टि लेखिएको देखिनेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर