Aamsanchar

रिहा भए धरानबाट पक्राउ परेका पाँच आन्दाेलनकारी

Author Image
शनिवार, मंसिर ३०, २०८०

धरान – सुनसरीको धरानबाट शनिबार बिहान पक्राउ परेका पाँच आन्दोलनकारी रिहा भएका छन्। कोसी प्रदेश खारेजीको माग गर्दै सवारी बन्द गराउँदै हिँडेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

दिनभरि इलका प्रहरी कार्यालयको हिरासतमा बसेका पहिचान पक्षधर कार्यकर्ता सुमन चेम्जोङ, करुण राई, सम्भु राई पृथक, सिताराम राई र हरि बान्तावालाई प्रहरीले शनिबार साँझ रिहा गरेको हो। सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले सडकमा अराजक गतिविधि गरिएकाले उनीहरूलाई पक्राउ गरिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)