Aamsanchar

बन्दकर्ताद्वारा झापाबाट पराल बाेकेर इलाम जाँदै गरेकाे पिकअपमा आगजनी

Author Image
शनिवार, मंसिर ३०, २०८०

इलाम – पहिचानवादी पक्षधरले पक्राउ परेका नेता कार्यकर्ताको रिहाई गर्न माग गर्दै पराल ढुवानी गरिरहेको पिकअपमा आगजनी गरेका छन्। उनीहरूले शनिबार साँझ इलामको रोङ गाउँपालिका-४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका हुन्।

झापाबाट पराल लिएर इलामको तारगाउँ आउँदै गरेको मे१ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेको स्थानीयले जनाएका छन्।

बन्दकर्ताले आगो लगाउँदा पिकअप जलेर काम नलाग्ने भएको छ। बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

 

घटनापछि राष्ट्रिय कृषक समूह महासंघका जिल्ला सचिव नकुल खड्काले राजनीतिको नाममा गरिब किसानलाई आघात पुर्‍याउने काम निन्दनीय भएको बताए। पहिचानवादीले गरिब किसानको पराललाई तारो बनाएपछि सामाजिक सञ्जालमा तिब्र आलोचना सुरु भएको छ। बन्दको क्रममा पूर्वका सर्वसाधारणले सास्ती भोग्नु परेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर