Aamsanchar

ओभरटेक गर्न खोज्दा दुईवटा ट्याक्टर दुर्घटना, ४ जनाकाे ज्यान गयाे

Author Image
आइतवार, पौष १, २०८०

बाजुरा – बडिमालिका नगरपालिका-२ भौनेरा नजिक खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मार्तडीबाट गौमुल गाउँपालिका जाँदै गरेका सु-प्र-प्र ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्बरका ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गौमुल गाउँपालिका-६ का चालकसमेत रहेका हिक्मत रोकाया, बडिमालिका नगरपालिका-१ का चन्द्र बहादुर दानी, बडिमालिका नगरपालिका-२ का देवराज जैशी र सोही वडाकी करिस्मा रोकायाको मृत्यु भएको हो।

अगाडिको ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एउटा सडकभन्दा १ सय मिटर तल खसेको छ भने अर्को ट्याक्टर सडकको माथिल्लो नालीमा पल्टिएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर