Aamsanchar

झापाका एक युवाकाे मलेसियामा ह*त्या, काठमाडौंमा अनुसन्धान हुँदै

Author Image
आइतवार, पौष १, २०८०

काठमाडौं –मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ ।

कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो ।

पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी जाहेरीका आधारमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेर अनुसन्धान थालेको एसएसपी भुपेन्द्र खत्रीले  बताए ।

पीडितले २५ मंसिरमा प्रधानको हत्या गरेर आरोपी अनिलकुमार शाह नेपाल आउँदै गरेको सूचना दिएका थिए । त्यो सूचनाका आधारमा शाहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख खत्रीले बताए ।

‘एउटै कम्पनीमा काम गर्ने शाहले प्रधानको हत्या गरेर फरार रहेछन्, उनी मलेसियास्थित दूतावासमा आफ्नो पासपोर्ट हराएको भन्दै ट्राभल डकुमेन्ट बनाउन गएका रहेछन्’, खत्रीले भने, ‘त्यो सूचना पाएपछि उनी नेपाल आउनसक्छन् भनेर टोली परिचालित थियो ।’

त्यसक्रममा हुलिया बदलेर ३० मंंसिरमा हुलिया बदलेर हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गरेको सूचना पाएपछि विमानस्थलबाटै शाहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेपछि शाहले आफूमाथि लागेको आरोप समेत स्वीकारेको प्रहरीले जनाएको छ । ‘सामान्य झगडा हुँदा दुईरचार मुक्का हानेको भनेर बयान दिएका छन्’, एसएसपी खत्रीले भने, ‘त्यसक्रममा चौधरीको मृत्यु भएको छ ।’ इन्टरपोल मलेसियालाई लिखित पत्राचार गरेर अनुसन्धानका सम्बन्धमा विवरण उपलब्ध गराइदिन भनिसकिएको समेत उनले बताए ।

‘हामीलाई प्राप्त पोष्टमार्टमको रिपोर्टमा पनि ‘डेथ ड्यू टु ब्लन्ट इज्यूरी’ भनिएको छ’, उनले भने, ‘बयान र अरु विवरण पनि मिलेका छन्, थप अनुसन्धान गरिरहेका छौं ।’ विदेशमा भएको अपराधमा अनुसन्धान भएको यो नै सम्भवतः पहिलो घटना भएको उनले बताए ।

२०७४ सालमा जारी भएको मुलुकी अपराध संहिताले नेपाली नागरिक वा अन्य कसैले नेपालबाहिर कुनै नेपाली नागरिकविरुद्ध ज्यान लिने वा हत्या प्रयास गरे, अपहरण, जबरजस्ती करणी, संगठित अपराध, खाद्य पदार्थ वा औषधि मिलावट गरे नेपालभित्र नै त्यस्तो कसूर गरे सरह सजाय हुने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर