Aamsanchar

आजको माैसम

Author Image
सोमवार, पौष २, २०८०

काठमाडौं – कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर