Aamsanchar

त्रिभुवन विश्वविद्यालयले बनायाे विश्व रेकर्ड

Author Image
सोमवार, पौष २, २०८०

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ´गिनिज बुक अफ वर्ल्ड रेकर्ड` ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । ´गिनिज बुक अफ वर्ल्ड रेकर्ड` ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

आजको दीक्षान्त समारोह अवलोकन गर्न ´गिनिज बुक अफ वर्ल्ड रेकर्ड` का प्रतिनिधि नेपाल आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)