Aamsanchar

३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, पौष ३, २०८०

चितवन : ३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरेको हो।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)