Aamsanchar

आठ लाख रुपैयाँ बराबरको अवैध चक्लेट बरामद, एक जना पक्राउ

Author Image
मङ्गलवार, पौष ३, २०८०

बुटवल – राजश्व अनुसन्धान कार्यालय बुटवलले भारतबाट लुकाइछिपाइ ल्याइएका आठ लाख रुपैयाँ बराबरको अवैध चक्लेट बरामद गरेको छ । मंगलबार विशेष सुराकीका आधारमा चोरी पैठारी गरी ल्याएका विभिन्न ब्राण्डका एक सयवटा कार्टुन बरामद गरिएको हो ।

अवैध काममा संलग्न भारतको गोरखपुर बस्ने मुकेश राधेश्याम गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पशुपतीबाबु पुरीले जानकारी दिए ।

भारतबाट ल्याउँदै गरेका अवैध चक्लेट भैरहवा, बुटवललगायत क्षेत्रबाट बरामद गरिएको उनले बताए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)