Aamsanchar

निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी

Author Image
मङ्गलवार, पौष ३, २०८०

काठमाडौं – ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।

आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

‘मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो । अन्य स्थानमा नफैलिँदा ठूलो जोखिम टर्यो,’ शाहले  भने ।

आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)