Aamsanchar

काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना : घाइतेको परिचय खुल्यो (नामावली सहित)

Author Image
बुधवार, पौष ४, २०८०

झापा-बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

बुधवार बिहान २ बजे जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीदा हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको थियो ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरुङ, बसचालक मकवानपुर, हेटौडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय एक पुरुषको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

घाइते हुनेहरुः

१। तनहुँ बन्दीपुर ६ का १७ वर्षीय तेजकुमार गुरुङ

२। सुनसरी भासि २ बस्ने ३० वर्षीय खिलराज दुलाल

३। सुनसरी इटहरी ४ बस्ने ४० वर्षीय सुरेन्द्र गौतम

४। गौतमका श्रीमती ३५ वर्षीया सम्झना गजुरेल

५।गौतमकी छोरी १२ वर्षीया सोराय गौतम

६। गौतमका छोरा तीन वर्षीय सोडनेम गौतम

७। बसका सहचालक झापा दमकका ४० वर्षीय नगेन्द्र उप्रेती

८। भरत अरूणाचल प्रदेश बस्ने वर्ष ५२ का सिडिमाया

९। सोही ठाउँका वर्ष ५२ की नामा एमसे

१०। सोही ठाउँका वर्ष ४२ की श्रीग धौगा

११। सोही ठाउँका वर्ष ४७ का पासाङ काण्डु

१२। इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ

१३। इलाम चुलाचुलीका ५ का ३६ वर्षीय वीरबहादुर तामाङ

१४। सङ्खुवासभा मादी ९ का ३० वर्षीय चन्द्रबहादुर तामाङ

१५। सोही ठाउँका २४ वर्षीय विर्खबहादुर तामाङ

१६। इलाम चुलाचुली ३ का ३६ वर्षीय मनोज कुमार लिम्बु

१७। सोही ठाउँका २० वर्षीय प्रवेश पटेल

१८। झापा कमल ५ का १९ वर्षीय पुनम गुरुङ

१९। भरत कालेबुङ बस्ने वर्ष २५ को छोमी लोप्चा

२०। उहाँका पति वर्ष २९ को नामग्याल दोर्जे

२१। उहाँकी छोरी वर्ष २ की माया लोप्चा

२२। झापा अर्जुनधारा ११ बस्ने ४९ वर्षीय हरिनारायण विश्वकर्मा

२३। सुनसरी इटहरी ६ का ५४ वर्षीय अनिलकुमार थापा

२४। झापा बाह्रदशी २ का ४२ वर्षीय धनबहादुर लिम्बू

२६। भरत अरूणाचल प्रदेश बस्ने वर्ष १९ को छिरिङ पालेदेन

२७। उर्लाबारीका २१ वर्षीया अमि श्रेष्ठ

स्रोतः नेपाल प्रहरी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर