Aamsanchar

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराउन खाेज्दा….

Author Image
बुधवार, पौष ४, २०८०

काठमाडौं – नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन्।

नवलपुर सदरमुकाम कावासोती नगरपालिका– १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जानकारी दिए।

मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुने कानूनी व्यवस्था छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर